नेपाल फेस्टिभलमा काठमाडौं जस्तै देखियो तास्मानियाको होबार्ट

नेपाल फेस्टिभलमा काठमाडौं जस्तै देखियो तास्मानियाको होबार्ट
नेपालआईज
२१ कार्तिक २०७९ ०:१५

छत्र शंकर 

आइतबार  गैर आवासीय नेपाली संघ तास्मानिया राज्य समितिद्वारा होबार्टमा आयोजित नेपाल महोत्सवले होबार्ट कता-कता काठमाडौँ ,ललितपुर र भक्तपुर जस्तै देखिन्थ्यो ।   

काठमाडौँ जस्तै साँघुरा सडक अनि बाक्लो सहरको बस्तीबिचमा नेवारी मौलिक संस्कृति सहित सडकमा झाकीहरु निस्किएका थिए । आफ्नै भेष भूषामा लाखे नाच सहित कल्चरल  परेड निकालिएको थियो ।  मौलिक पोसाकमा निस्किएका  नेवारी समुदायको बाक्लो उपस्थितिले काठमाडौँ ललितपुर र भक्तपुरमा पुगेको जस्तो महसुस हुन्थ्यो । 

संस्कृति परेडकै बिच मित्र गुरुङको पञ्चेबाजाको ब्यान्ड थपिएपछि त सांस्कृतिक परेडले अझै आकर्षक बनेको थियो ।  पन्चे बाजाको धुन अनि नेवारी समुदायको मौलिक बाजाको धुनले  म नेपालमै छु जस्तो लाग्थ्यो ।  सांस्कृतिक परेडमा सहभागी भएकाहरूले महोत्सवको मज्जा लिइरहेका थिए ।  पज्चे बाँजा  बज्नासाथ उनीहरू  एक एक नाच्न सुरु गरेका थिए । 

  कल्चरल परेडपछि सभामा  परिणत भएको  महोत्सवमा आ-आफ्नो पहिचान झल्कने पोसाक लगाएका नेपालीहरू एक अर्कामा खुसी बाढी रहेका थिए । महोत्सवमा पूर्वी  नेपालको सांस्कृतिक मौंलिकता पनि देखिन्थ्यो । 

महोत्सवमा ताप्लेजुङ देखि दार्चुलाको नेपाल तस्बिर देखिन्थ्यो । होबार्टका स्थानीयहरू पनि महोत्सवमा उत्साहजनक रूपमा उपस्थिति रहेको थियो  ।   अस्ट्रेलियाको टापु राज्यमा गरिएको नेपाल महोत्सवले नेपालीहरूको मौलिक सस्कृतिलाइ नजिकबाट चिन्ने मौका मिल्यो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर