आर्थिक वर्ष २०२१–२२ का लागि माइग्रेसन क्वीन्सल्याण्ड स्किल्ड प्रोग्राम बन्द

आर्थिक वर्ष २०२१–२२ का लागि माइग्रेसन क्वीन्सल्याण्ड स्किल्ड प्रोग्राम बन्द
नेपालआईज
२३ वैशाख २०७९ ७:१९

क्वीन्सल्याण्ड । आर्थिक वर्ष २०२१–२२ का लागि माइग्रेसन क्वीन्सल्याण्ड स्किल्ड प्रोग्राम बन्द गरिएको छ। सन् २०२१-२२ वर्षका लागि नामांकन विनियोजनका कारण माइग्रेसन क्वीन्सल्याण्ड स्किल्ड प्रोग्राम (सबक्लास १९० र ४९१ भिसा) बन्द गरिएको हो ।

यदि तपाईले पहिले नै निमन्त्रणा प्राप्त गरिसक्नुभएको छ भने तपाईको आवेदन माइग्रेसन क्वीन्सल्याण्डले अघि बढाउने छ । तर सबैभन्दा महत्त्वपूर्ण भनेको तपाईले आवश्यक कागजातहरू पेश गर्नुपर्ने तथा १४ दिनभित्र आवेदन शुल्क तिर्नुपर्ने छ अन्यथा तपाईको आवेदन बन्द हुनेछ ।

यदि तपाईले निमन्त्रणा प्राप्त गर्नुभएको छैन भने अर्को आर्थिक वर्ष २०२२–२३ स्किल्ड प्रोग्राम खुल्दा तपाईले नयाँ ईओआइ पेश गर्नुपर्नेछ ।

अपवाद: यदि तपाई ४९१-एसबीओ आवेदक हुनुहुन्छ र तपाईको ईओआइ र ४९१-स्मल बिजनेस औनर्स एसेसमेन्ट फर्म वेबसाइट मार्फत शुक्रबार ६ मे २०२२ सम्म बुझाउनुभएको छ भने तपाईले अझै पनि निमन्त्रणा प्राप्त गर्नुहुनेछ । तर यसका लागी प्रकृयाको ठूलो मागलाई ध्यानमा राख्दै ८ देखि १२ हप्ता सम्मको समय मात्र हुन सक्छ ।

शुक्रबार ६ मे २०२२ सम्म ४९१-एसबीओ का लागि ईओआइ र ४९१-स्मल बिजनेस औनर्स एसेसमेन्ट फर्म पेश नगर्नेहरूले अर्को आर्थिक वर्ष २०२२-२३ स्किल्ड प्रोग्राम खुल्दा नयाँ ईओआइ र फारम पेश गर्नुपर्नेछ।

माइग्रेसन क्वीन्सल्याण्ड व्यापार कार्यक्रम २०२१–२२ मा मनोनयनका लागि खुला रहनेछ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *