फिफा विश्वकपः स्विडेनसँग पराजित हुँदै अस्ट्रेलिया चौँथो

फिफा विश्वकपः स्विडेनसँग पराजित हुँदै अस्ट्रेलिया चौँथो
नेपालआईज
२ भदौ २०८० १०:११


ब्रिसबेन- सह-आयोजक अस्ट्रेलिया फिफा महिला विश्वकप फुटबलमा चौँथो भएको छ ।
अस्ट्रेलियाको ब्रिसबेन स्टेडियममा शनिबार भएको तेस्रो स्थानको खेलमा स्विडेनसँग २-० ले पराजित हुँदै अस्ट्रेलिया चौँथो भएको हो ।
अस्ट्रेलिया भने पहिलो पटक सेमिफाइनल पुगेको थियो ।
स्विडेनलाई जित दिलाउन फ्रिडोलिना रोल्फो र कोसोभारे अस्लानीले एक-एक गोल गरे ।
रोल्फोले ३० औँ मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै स्विडेनलाई अग्रता दिलाएकी थिइन् । अस्लानीले ६२ औँ मिनेटमा स्विडेनको अग्रता दोब्बर पारिन् ।
स्विडेन चौँथोपटक तेस्रो भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर