पोडकास्टको दोस्रो शृंखलामा पोखरा घर भएका तर हाल न्युजिल्याण्ड निवासी एक वाइन रेष्टुरेणटमा कार्यरत सोमलियर सुरज जिसी हुनुहुन्छ । नेपालमा वाइन वाइनबारे खासै थाहा नभएका सुरजलाई वाइनकै क्षेत्रमा काम गर्न रुचि थिएन । तर नेपालको पर्यटकीय नगरी पोखरामा उनको अङ्कलको रेस्टुरेन्टमा मानिसहरूले ककटेल अथवा वाइन रमाइलो गरी खाने गरेको कुराले उनलाई पनि रेस्टुरेन्ट क्षेत्रमा काम गर्न आकर्षित गर्यो । हाल, वाइन विज्ञ अथवा सोमलियर सुरजले न्युजिल्यान्डमा बसेर अन्तर्राष्ट्रिय सोमलियर सम्मेलनहरूमा नेपालको प्रतिनिधित्व गर्दै विश्व मञ्चमा नेपालको परिचय गराउने एक प्रतिनिधि मात्र पनि हुन् । विश्वमा रहेका सुरज जस्ता क्षमता भएका सोमलियरहरुको, नेपालले पहिचान गरी उनीहरूले सिकेको सिप तथा क्षमतालाई नेपालमै प्रयोग गर्नै नेपाल सरकारले समन्वयन गर्न जरुरी देखिन्छ ।
सुनौं सोमलियर सुरज जिसीको कुराकानी !
One thought on “विश्वमा नेपालको परिचय गराउदैं, सुरज”
??? Proud and happy to listen.