सिड्नी – इङ्गल्यान्डलाई हराउँदै स्पेनले फिफा महिला विश्वकपको उपाधि जितेको छ ।
सिड्नी स्टेडियममा भएको फाइनलमा इङ्गल्यान्डलाई १-० ले पराजित गर्दै स्पेनले फिफा महिला विश्वकपको उपाधि जितेको हो ।
स्पेनलाई जित दिलाउन ओल्गा कारमोनाले निर्णायक गोल गरिन् । उनले २९ औँ मिनेटमा गोल गरिन् ।