यसरी मनाईयो नेपाल र अस्ट्रेलियामा छठ पर्व

यसरी मनाईयो नेपाल र अस्ट्रेलियामा छठ पर्व
नेपालआईज
२५ कार्तिक २०७८ ०:५१

न्यूज डेस्क । 

दशैं  तिहार सकिए लगत्तै  नेपालको तराई क्षेत्रमा  धुमधामका साथ छठ पर्व मनाइने गरिन्छ ।  

तराइ तथा मधेसमा यस पर्वको विशेष महत्व छ । 

नदी किनार तथा तलाउमा पुगेर व्रतालुहरुले आधा शरीर पानीमा डुबाएर अस्ताउँदो सूर्यलाई अर्घ्य दिन्छन् । भोलिपल्ट विहान यही अनुरुप जलाशयमा डुबुल्की मारेर उदाउँदो सूर्यलाई अर्घ्य दिने गरिन्छ । 

काठमाडौंमा रहेका तराइमूलका  मानिसहरुले काठमाडौंका तलाउ तथा पोखरीहरुमा गएर छठ पर्व मनाए ।   काठमाडौंको रानी पोखरीमा  हर्षउल्लासका साथ  छठ पर्व मनाए । 

तराइका जिल्लाहरुमा भने नजिका नदि तथा तलाउमा गएर छठ पर्व मनाउने चलन छ । 

अस्ट्रेलिया 

नेपालीहरु  विश्वका जुनसुकै  देशमा  पुगेपनि  नेपालको संस्कृित तथा परम्परालाई निरन्तरता दिदै आएका छन् । अस्ट्रेलियाका दुई ठूला शहर सिड्नी तथा मेलबर्नमा रहेका  मधेसी समुदायले यहाँको स्रोध  साधन अनुशार छठ पर्व मनाएको   एसोसिएसन अफ नेपाल तराई इन अस्ट्रेलियाकी कञ्चन ठाकुर र मधेसी कम्युनिटी इन भिक्टोरियाका डा सुरेन्द्र रौनियार  जानकारी दिए । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *