दशैं तिहार सकिए लगत्तै नेपालको तराई क्षेत्रमा धुमधामका साथ छठ पर्व मनाइने गरिन्छ ।
तराइ तथा मधेसमा यस पर्वको विशेष महत्व छ ।
नदी किनार तथा तलाउमा पुगेर व्रतालुहरुले आधा शरीर पानीमा डुबाएर अस्ताउँदो सूर्यलाई अर्घ्य दिन्छन् । भोलिपल्ट विहान यही अनुरुप जलाशयमा डुबुल्की मारेर उदाउँदो सूर्यलाई अर्घ्य दिने गरिन्छ ।
काठमाडौंमा रहेका तराइमूलका मानिसहरुले काठमाडौंका तलाउ तथा पोखरीहरुमा गएर छठ पर्व मनाए । काठमाडौंको रानी पोखरीमा हर्षउल्लासका साथ छठ पर्व मनाए ।
तराइका जिल्लाहरुमा भने नजिका नदि तथा तलाउमा गएर छठ पर्व मनाउने चलन छ ।
अस्ट्रेलिया
नेपालीहरु विश्वका जुनसुकै देशमा पुगेपनि नेपालको संस्कृित तथा परम्परालाई निरन्तरता दिदै आएका छन् । अस्ट्रेलियाका दुई ठूला शहर सिड्नी तथा मेलबर्नमा रहेका मधेसी समुदायले यहाँको स्रोध साधन अनुशार छठ पर्व मनाएको एसोसिएसन अफ नेपाल तराई इन अस्ट्रेलियाकी कञ्चन ठाकुर र मधेसी कम्युनिटी इन भिक्टोरियाका डा सुरेन्द्र रौनियार जानकारी दिए ।