अस्ट्रेलियामा सन् २०२२ लाई भव्यरूपमा विदाई गरिदै, देशभर कहाँ र कहिले आतिशबाजी हेर्ने

अस्ट्रेलियामा सन् २०२२ लाई भव्यरूपमा विदाई गरिदै, देशभर कहाँ र कहिले आतिशबाजी हेर्ने
नेपालआईज
१६ पुष २०७९ ६:४६

 

 

नयाँ वर्षा सन् २०२३ आउन केही घण्टामात्र बाँकी छदाँ अस्ट्रेलियनहरुले सन् २०२२ को विदाई भव्यरुपमा गर्ने योजना बनाएका छन् । प्रत्येक राज्यका राजधानी सहरमा कैयौं कार्यक्रमहरु राखिएका छन् । अस्ट्रेलियाको मुख्य सहरहरुमा आतिसवाजीसँगै सांगितिक कार्यक्रम पनि आयोजना हुँदैछ ।
अस्ट्रेलियामा नयाँ वर्ष लक्षित कार्यक्रमबारे तपाईले निम्न स्थानहरु अवलोकलन गर्नसक्नु हुन्छः

 



एडिलेड


सन् २०२३ को आगमन हेर्न साउथ अस्ट्रेलियनहरुलाई डिसेम्बर ३१ तारिखमा रायमिल पार्क/मुर्लाविरापुर्कामा निम्तो गरिएको छ । साँझ ६ बजेबाट सुरु हुने कार्यक्रममा लाइभ म्यूजिक तथा खानाका विभिन्न परिकार हुनेछन् । आतिसबाजी राति ९:३० बजेबाट सुरु हुनेछ ।
पिल सेन्ट तथा लेग सेन्टसहित समुन्द्री तटमा पनि विभिन्न कार्यक्रमहरु गरिनेछन् ।

 

पर्थ


वेस्ट अस्ट्रेलियनहरुले स्वान रिभरमाथि आतिसबाजी हेर्न पाउनेछन् भने एलिजावेथ क्वे फन फेयरले नयाँ वर्षलाई हर्सोउल्लासका साथै सर्वसाधारणलाई नयाँ वर्षको आगमन गराउनेछ । आतिसबाजी ९ बजे सुरु हुने कार्यक्रम रहेको छ । ५ बजेबाट सुरु हुने फन फेयरमा खानाको पनि विभिन्न परिकारहरु राखिनेछन् ।

 

मेलवर्न


मेलवर्नको डकल्यान्ड्स, फल्यागस्टाफ गार्डेन्स, किंग्स डोमेन तथा ट्रेजरी गार्डेन्स बालबालिकका लागि उत्कृष्ट गन्तव्य हुनेछ । उक्त स्थानबाट आतिसबाजीको मजा लिन सकिनेछ । ती स्थानहरुमा पनि लाइट, खानाको परिकार तथा लाइभ म्यूजिकसँगै मनोरञ्जनका अन्य साधनहरु हुनेछन् ।

 

सिड्नी


हार्वर ब्रिज आतिसबाजी हेर्न सिड्नीका बासिन्दालाई सिड्नी हार्वरमा निम्तो गरिएको छ । ९ बजेबाट सुरु हुने कार्यक्रमपछि मध्यरातमा मुख्य कार्यक्रम गरिने भएको छ । आतिसाबाजी सिड्नी ओपेरा हाउसबाट पनि हेर्न सकिनेछ ।

 

होवार्ट


तास्मानियाका बासिन्दाहरुलाई सुलिभन कोभसँगै डरवेन्ट नदीमाथि होवार्टको आतिसबाजी हेर्न निम्तो दिइएको छ ।
राति ९.३० बजेबाट दुई पटक ८ मिनेटको आतिसबाजी गरिने बताइएको छ । आतिसबाजीको उत्कृष्ट दृष्य टेस्ट अफ समर कार्यक्रम, रेगाट ग्रान्ड्स, पार्लियामेन्ट हाउस लाउन्ज तथा प्रिन्सेस पार्कबाट हेर्न सकिनेछ ।

 

ब्रिसबेन


लर्ड मेयर्स न्यू इयर इभ आतिवाजीका साथ डिसेम्बर ३१ मा साउथ ब्यांक पार्कल्यान्ड झकिझकाउ हुनेछ । ८.३० बजेबाट सुरु हुने कार्यक्रमका क्रममा दुई पटक आतिसबाजी गरिनेछ । कार्यक्रमहरु मध्यरातसम्म चलिरहनेछ ।

 

क्यानबेरा


लेक बर्ली ग्रिफिनमा नयाँ वर्षको पूर्व सन्धायामा राति ९ बजे तथा मध्यरातमा दुई पटक आतिसबाजी गरिने भएको छ । रेगाटा पोइन्ट, प्याट्रिक ह्वाइट लाउन्ज, रोन्ड टेरेस तथा बावेन पार्कमा पारिवारिक पिकनिकका लागि निम्तो गरिएको छ ।


डार्विन


नरदर्न टेरीटरीले सन् २०२२ को विदाइ डार्विन वाटरफ्रन्टबाट गर्नेछ । उक्त स्थानमा आयोजना हुने सांगितिक कार्यक्रममा बर्डस अफ टोकियो, मेलानी ग्रे डियो, डिजे लेडी के तथा अन्यको प्रस्तुत रहनेछ ।
राति ९ बजेबाट आतिसबाजी सुरु हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *