महिला टी–ट्वेन्टी विश्वकप छनोट: नेपाल सेमिफाइनलमा प्रवेश

महिला टी–ट्वेन्टी विश्वकप छनोट: नेपाल सेमिफाइनलमा प्रवेश
नेपालआईज
१८ भदौ २०८० ५:४२

 

काठमाडौँ, १८ भाद्र। नेपाल आईसीसी महिला टी–ट्वेन्टी विश्वकप क्रिकेटको एसियाली छनोट प्रतियोगितााको सेमिफाइनलमा प्रवेश गरेको छ ।

मलेसियामा सोमबार भएको खेलमा नेपालले कतारलाई ९ विकेटले हराएको हो । खेलमा टस हारेर पहिले व्याटिङ गरेको कतारले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा ७४ रन जोड्यो । उसका लागि साची धडवालले सर्वाधिक २१ रन बनाइन् ।

बलीङतर्फ नेपालकी इन्दु बर्माले ३ विकेट लिइन् । जवाफमा ७५ रनको लक्ष्य नेपालले १० ओभर ३ बलमा १ विकेट गुमाएर पार गर्‍यो । नेपालको लागि काजल श्रेष्ठले ३२ रन जोड्दा इन्दु बर्माले अविजित २० रन तथा सिता रानामगरले अविजित १७ रन जोडिन् ।

प्रतियोगितामा नेपालको यो लगातार चौथो जित हो । नेपालले ४ खेलबाट ८ अंक जोडेको छ । समूहको अन्तिम खेलमा नेपालले बुधवार यूएईसँग खेल्नेछ । उक्त खेलले समूह विजेताको टुंगो लगाउनेछ ।

सन् २०२४ मा हुने महिला टि–ट्वेन्टी विश्वकपका लागि भइरहेको एसियाली छनौटबाट फाइनलमा पुग्ने दुई टोली अर्को वर्ष हुने ग्लोबल छनौटमा पुग्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *