अस्ट्रेलियामा जीएसटी ठगी गर्नेहरूविरुद्ध कारबाही सुरु

अस्ट्रेलियामा जीएसटी ठगी गर्नेहरूविरुद्ध कारबाही सुरु
नेपालआईज
६ फागुन २०७९ ११:०४

 

अस्ट्रेलिया । अस्ट्रेलियन ट्याक्सेसन अफिस (एटीओ) ले जीएसटी (Goods and Services Tax) ठगीलाई लिएर यस हप्ता ठूलो सफलता हात पारेको छ । एटीओको नेतृत्वको सिरियस फाइनान्सियल क्राइम टास्कफोर्सले गरेको अपरेशन प्रोटेगोमा ठूलो सफलता हासिल भएको हो ।

अपरेशन प्रोटेगोमा देशभरि सञ्चालन गरिएको छ । जसमा छापा मार्नेदेखि लिएर चेतावनी दिने कार्यसमेत रहेका छन् । सामाजिक सञ्जालसमेत गरी ठगीलाई बढावा दिइरहेको आशंकामा १० जनाविरुद्ध तीन राज्यमा वारेन्ट जारी गरिएको थियो ।

यो सफलताले ठगीलाई बढावा दिने मानिसहरूलाई यसले गम्भीर परिणामहरू आउने भन्ने बलियो सन्देश दिएको एटीओका डेप्यूटी कमिसनर तथा प्रमुख जोन फोर्डले बताए ।

२०२२ डिसेम्बर ३१ मा एटीओले ५३ हजारभन्दा बढी ग्राहकहरूलाई कारबाही गर्दै जीएसटी ठगी हुनबाट २.५ बिलियन जोगाएको थियो ।
उक्त अपराधमा सन् २०२२ मा पक्राउ परेका २ जनालाई जेल सजाय सुनाइएको छ ।

देशभरि ८७ जनालाई पक्राउ गरिएको थियो । ठगीमा संलग्न २० हजारलाई पत्रमार्फत सजाय भोग्नुपर्ने भन्दै चेतावनी दिइएको थियो । उनीहरूलाई जीएसटीको रूपमा ठगी गरेको रकम फिर्ता गर्न चेतावनी दिइएको छ ।

Photo source: AFP

सन् २०२२ को सुरुवातमा पहिलो पटक ठगी पत्ता लागेको थियो । ठगहरूले नक्कली व्यवसायहरू र अस्ट्रेलियन विजनेस नम्बर (एबीएन) आवेदनहरू तयार पारी झूटो जिएसटी फिर्ता पाउनका लागि काल्पनिक बिजनेस एक्टिभिटी स्टेटमेन्ट पेश गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *