एसीआईएआरका सीईओ काम्पबेलसंगको भेटमा राजदूत पोखरेलले भने नेपाललाई मेडिकल हब बनाउन सकिन्छ !
नेपालआईज
१३ चैत २०७९ ११:५९
क्यानवेरा । अस्ट्रेलियाका लागि नेपाली राजदूत कैलाश राज पोखरेलले अस्ट्रेलियन सेन्टर फर इन्टरनेसनल एग्रिकल्चरल रिसर्च (एसीआईएआर) का प्रमुख कार्यकारी अधिकृत (सीईओ) एन्ड्रयू काम्पबेलसँग भेट गरेका छन् ।
विभिन्न प्रकारका क्षमता विकास र सामुदायिक सहयोग कार्यक्रम मार्फत नेपालमा एसीआईएआरको लामो समयदेखिको संलग्नताको प्रशंसा गर्दै राजदूत पोखरेलले निश्चित क्षेत्रमा विस्तारित, केन्द्रित र एकीकृत कार्यक्रमको आवश्यकतामा जोड दिए । उनले औषधीय जडीबुटी जस्ता उच्च मूल्यवान वन उत्पादनहरूमा एसीआईएआर संलग्नताको अपार सम्भावना रहेको समेत उल्लेख गरे । सीईओ क्याम्पबेलले नेपालमा कृषि र वन उत्पादकत्वमा विशेष ध्यान केन्द्रित रहेको एसीआईएआरको साझेदारीबारे जानकारी गराए । बैठकमा उपस्थित विभिन्न क्षेत्रका एसीआईएआरका प्रबन्धकहरूले नेपालमा एसीआईएआरको संलग्नताको वर्तमान अवस्थाको बारेमा जानकारी दिए ।
हाल एसीआईएआरका तीन वटा परियोजना नेपालमा चलिरहेका छन् ।