क्यानबेरा। रिजर्भ बैंक अफ अस्ट्रेलिया (आरबीए) ले लगातार १० औँ पटक ब्याजदरमा वृद्धि गरेको छ । मुद्रास्फीतिलाई कम गर्न संघर्ष गरिरहेको समयमा आरबीएले पुनः ब्याजदरमा वृद्धि गरेको हो ।
आरबीए बोर्डको मार्च बैठकमा अस्ट्रेलियाको आधिकारिक नगद दर लक्ष्य २५ आधार बिन्दुले बढाइएको थियो जसले देशको नगद दर ३.६ प्रतिशतमा पुगेको थियो ।
यो मे २०१२ पछिको उच्चतम ब्याज दर हो । यससँगै ५ लाख डलर ऋण भएका अस्ट्रेलियनले यस वृद्धिसँगै मासिक धितो भुक्तानीमा ८२ डलर थप्नुपर्ने भएको छ । सन् २०२१ को अप्रिलदेखि मासिक भुक्तानीमा १ हजार ५१ डलरको वृद्धि भएको छ ।
१० लाख ऋण हुनेहरुका लागि भने १० महिनामै प्रत्येक महिना तिर्नुपर्ने रकममा २ हजार १ सय ३ डलर वृद्धि भएको छ ।